
अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रुपन्देही सैनामैना २ की दुर्गा देवी खड्का, रुपन्देही मुर्गिायाका तिलक खड्का र सोही स्थानका भक्त बहादुर खड्का छन् ।
यस्तै कार चालक गंगा बहादुर खड्का र विनोद खड्काको अवस्था गम्भीर रहेको छ ।
घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार कार अनियन्त्रित भइ सडकदेखि करीब सय मिटर तल खसेको छ ।