
कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको उनले फेसबुक मार्फत बताएका छन ।
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेलले फेसबुकमा लेखेका छन् ।
यसअघि दाजुलाई संक्रमण देखिएपछी उनलेनै दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने र कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछी आइतबार गरिएको पीसीआर टेष्टमा उनलाई संक्रमण पुष्टि भएको हो ।
