
लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् ।
प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिमसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए ।
उनीहरूलाई लागुऔषध ओसारपसार ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।