
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप २१ को मृत्यु भएसँगै कुल संख्या १ हजार १०८ पुगेको हो ।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना संक्रमित थपिएका छन्।
बितको २४ घण्टामा पीसीआर थप १२ हजार ३११ जनाको भएको छ भने नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका हुन्। यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४९३ पुगेको छ ।
१२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका छन्।
काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।