
चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक सत्याग्रह थालेका डा.गोबिन्द केसीको अवस्था गम्भीर हुँदै गएपछि डडेल्धुरा अस्पतालमा लगिएको छ । डा. केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै कात्तिक १८ गतेदेखि अनसनमा छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो । डा केसीको पिसाबमा किटोन बढेको, चिनीको मात्रा पनि घटेकोले शरीरमा ऊर्जा दिने शक्ति कमजोर हुँदै गएको, सोडियम पनि बढदै गएको छ ।
उनको जीवन रक्षाका लागि अनसनरतस्थलमा जनशक्ति अभाबका कारण नियमित उपचार संभव नभएको भन्दै उनको भाइ किशोर केसीको आग्रह तथा सहमतिमा शुक्रबार राती अस्पताल लगिएको हो ।
स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएकाले उपचारमा संलग्न चिकित्सकको सल्लाहपछि डडेल्धुराका निागरिक अगुवा, जनप्रतिनिधि, प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, नागरिक समाजका प्रतिनिधिहरुको रोहबरमा स्वास्थ्यकर्मीको रेखदेखमा उपचारको निरन्तरता दिन डा केसीलाई अस्पताल पु¥याइएको बताइएको छ ।