
बलिउडका किंग खान शाहरुख चाँडै नै ‘पठान’ बनेर ठूलो पर्दामा आँउदै छन् । यसका लागि शाहरुखले छायांकन सुरु गरिसकेका छन् ।
सोमबार शाहरुख एक निर्माण कम्पनीको स्टुडियो बाहिर लामो कपालका साथ क्यामेरामा कैद भए । उनको यो लुक एक्सन प्याक्ट चलचित्र ‘पठान’का लागि हो ।
सिद्धार्थ आनन्दको निर्देशन रहने पठान २०२१ मा रिलिज गर्ने तयारी रहेको छ । यस चलचित्र मार्फत पुनः एकपटक शाहरुख र दीपिकाको जोडी देखिने भएको छ ।
भारतीय मीडियाका अनुसार चलचित्रमा ‘टाइगर फ्रेन्चाइज’ का जोया र टाइगर (कट्रिना र सलमान) पनि केमियो भूमिकामा देखिँदै छन् । भने अभिनेता जोन अब्रहाम भिलेनको भूमिका निभाउँदै छन् ।
कोरोना महामारीलाई मध्येनजर गर्दै चलचित्रको छायांकन भारतमा मात्रै सिमित रहने छ । छायांकनका लागि विशेष स्टुडियोको निर्माण गरिएको छ ।
