
बिहिबार सुनको भाउ उकालो लागेको छ । बिहिबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
बुधबार प्रतितोेला ७१ हजार ४ सयमा कारोबार भईरहेको छापावाल सुनमा आज प्रतितोला ७२ हजारले कारोकार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी बुधबार प्रतितोला ७१ हजार १ सय कायम भएको तेजावी सुन आज तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ७ सयले कारोबार भई महासंघले जनाएको छ ।
बिहिबार चाँदीको भाउमा पनि १० रुपैया बढेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ६० ले कारोबार भईरहेको महासंघले जनाएको छ ।