
‘मिस वर्ल्ड इन्टरनेशनल २०१७’ मानुषी छिल्लरले ट्विट गर्दै आफनो डेब्यू बलिउड चलचित्रको शुभमूहुर्तको तस्बिर सेयर गरेकी छिन् ।
शुक्रबार चलचित्रका मुख्य अभिनेता अक्षय कुमार र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीसँग शुभमूहुर्तनको पूजामा बसेको फोटो सेयर गर्दै उनले चलचित्रमा आउने निश्चित गरेकी हुन् ।
उनी चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा पाइला टेक्दैछिन् । सन् २०२० को दीपावलीमा रिलिज मिति तोकिएको चलचित्रलाई आदित्य चोपडाले निर्माण गर्दैछन् ।
यो चलचित्र यसराज ब्यानरमा बन्न लागेको हो । यो फिल्म १२ शताब्दीका राजा पृथ्वीराजको बारेमा रहेको छ । यस फिल्मा अक्षयले पृथ्वीराजको भूमिकामा नजर आउने र मानुषी छिल्लर पृथ्वीराजको पत्नी संयोगीताको चित्रण गर्ने छिन् ।
Feeling blessed ??? https://t.co/wNwR97MD7N
— Manushi Chhillar (@ManushiChhillar) November 15, 2019