
अमेरिकाको न्याशभिलबाट उड्न लागेको विमानमा यात्रुहरू प्रवेश गरिसकेपछि अनौठो दृश्य देखेका छन् । उनीहरू विमानको बीचबाट हिँड्दै गर्दा सीटमाथिको ठाउँ (ओभरहेड बिन) मा एक एयरहोस्टेस बसिरहेको भेटे ।
घटनाको भिडियो सार्वजनिक भएको छ । साउथवेस्ट एयरलाइन्सको विमानमा घटना भएको हो ।
साउथवेस्टले एक बयान जारी गरेर एयरहोस्टेसको अनौठो क्रियाकलापको व्याख्या गरेको छ । ‘साउथवेस्टका कर्मचारीहरूको सेन्स अफ ह्युमर गजबको छ र व्यक्तित्व अद्वितीय छ,’ बयानमा भनिएको छ । ‘यस घटनामा हाम्री एक एयरहोस्टेसले विमान चढिरहेका यात्रुसँग रमाइलो गर्न खोजिन् । हामीहरू सामान्यतया यस्तो काम गर्दैनौं र साउथवेस्टका कर्मचारीहरू जहिले पनि सुरक्षालाई उच्च प्राथमिकतामा राख्छन् ।’
Is this a dream @SouthwestAir ? pic.twitter.com/Kkz3wxcoXw
— Bubba Chuck is Top 50 (@Disko_InVERNo) July 29, 2019
एजेन्सी