
कोलहपुर एक्सप्रेस चलचित्रका निर्देशक विशाल भण्डारीले नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गर्ने भएका छन्। निर्देशक भणडरीले दोस्रो चलचित्रका रुपमा ‘कहानी तिम्रो मेरो’ निर्माण गर्न लागेका हुन्।
फिल्मको मुख्य भूमिकाको लागि मोडल निराजन प्रधान र अभिनेत्री केकी अधिकारी अनुबन्ध भएका छन् । अन्य मुख्य भूमिकामा अभिनय गर्ने दुई कलाकारको पनि खोजी भइरहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई रोमान्टिक कमेडी कथामा निर्माण गर्ने तयारी यसका निर्देशक विशाल भण्डारीको छ ।
थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको लेखन र गीत संगीतको काम भइरहेको छ। यस अघि चलचित्र ‘लफडा र जालो’ मा अभिनय गरेका गरेका निराजनलाई फिल्मले उनको करिअरलाई उचाईमा पुर्याउन सकेन। निराजन र केकी म्युजिक भिडियोमासँगै अभिनय गरेको भएता पनि चलचित्मा भने पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्।
विशालका अनुसार, यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । यो टिमले चलचित्र ‘बोक्सीको घर’ बनाउने तयारी पनि थालेको छ ।