
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको २१ महिनामा २१ खोट लगाएको छ ।
पार्टी मुख्यालय सानेपामा मंगलवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारका २१ खोट देखाउँदै उपनिर्वाचनमा कांग्रेसलाई भोट दिनुपर्ने तर्कहरु पनि पेश गरे ।
यही मंसिर १४ गते उप निर्वाचन हुँदैछ । वर्तमान सरकारको कमजोरी औंल्याउँदै उप निर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ कांग्रेसले भण्डाफोर कार्यक्रम गर्न लागेको हो।
शर्माले सरकारलाई सच्चिन दबाब दिनका लागि उपनिर्वाचनमार्फत् मतदातालाई अवसर मिलेको पनि बताए । उपनिर्वाचन मतदाताका लागि अवसर हो भन्दै उनले २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त भन्ने प्रश्न गरे ।
नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भएको आरोप लगाउँदै प्रवक्ता शर्माले कांग्रेस रहेसम्म त्यस्ता सपना पूरा हुन नदिने दृढता व्यक्त गरे । उनले भने, ‘अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ । कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्न दिने छैनौं’ ।
कांग्रेसले औल्याएको ओली सरकारको यस्ता छन्, २१ खोटः
– राष्ट्रियताको प्रश्नमा असफलता
– संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
– सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता
– संघीयताको बाँकी कार्यभार पूरा गर्नमा असफलता
– कूटनीतिक मामिलामा अपरिपक्वता
– विप्लव प्रकरणस् असफलताको फरक पाठ
– शान्ति सुरक्षास् निर्मला प्रकरणमा हरायो सरकार
– मूल्य वृद्धिस् धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
– वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
– मेलम्ची परियोजनामाथि खेलबाड
– निजगढ एयरपोर्टको भविष्य अन्यौल
– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
– बूढीगण्डकीस् कम्युनिस्ट सरकारको राष्ट्रघात
– सरकारको नियतले असफल संवैधानिक परिषद्
– शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण
– धर्मको प्रश्नमा होली वाइन प्रकरण
– गुठी विधेयकस् जनशक्तिले झुकाएको सत्ता
– सामाजिक सुरक्षा कोषस् कर्म कसैको, प्रचार कसैको
– बालुवाटार काण्डमा लिलाम नैतिकता ९ललिता निवासको जग्गा०
– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो
– असहिष्णु अभिव्यक्तिस् अराजनैतिक चरित्र
शर्माले नेकपाले आफ्ना कार्यकर्तालाई नवमण्डले बनाउन खोजेको आरोप पनि लगाए । कांग्रेसभित्र पूर्ण एकता कायम रहेको दावी पनि उनले पेश गरे ।