
हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी छन् ।
शनिबार काठमाडौको सिद्धेश्वर माध्यमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी हुन ।
गरिबीका कारण बालबालिका पढ्नबाट बन्चित नहुन भन्ने उद्धेश्यले हिमानी ट्रष्टले आज एक कार्यक्रमकाबीच बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।
ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो ।
ट्रष्टले ग्रामीण दुरदराजमा रहेका बालबालिकालाई बिद्यालयजाने बातावरण बनाउन बिभिन्न सहयोगसमेत गर्दे आएको छ ।
ट्रष्टले शिक्षा, स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दे आएको छ ।