
कुनै समय सामाजिक सञ्जालमा ‘तरकारीवाली’ को नामले चर्चामा रहेकी कुसुम श्रेष्ठ ले विवाह गरेकी छिन् । गोरखाको भुम्लीचोककी कुसुमले मसीर ६ गते शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।
चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोष्ट गरे पछि एकाएक उनी भाइरल भएकि थिइन । उनी नेपालमा मात्र नभएर भारत लगाएत बिबिसी जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि छाएकी थिइन् । उनी अभिनित चलचत्रि ‘लम्फु’ फ्लप भएपछि भने हराएकि थिइन् ।
यस अघि भने पाकिस्तानका चिया बेच्ने युवा आफ्नो निलो आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
सामाजिक सञ्जालमा चर्चा पाएसँगै पाकिस्तानी युवा अहिले चिया बेच्न छोडेर मोडलिङमा व्यस्त छन् । तरकारी बोकेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली युवतीको चर्चा पाकिस्तानी चियावाला युवासँग गरिएको थियो ।
फोटो भाइरल भएलगत्तै कुसुमलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायतमा थुप्रैले अफर गरेका थिए ।