
प्रहरीले काभ्रे र ललितपुरबाट १० लाख ९१ हजार ६१० रुपैयाँसहित ४७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
ललितपुर गोदावरी नगरपालिका-४ वडिखेल बस्ने राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय अशोक कुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काभ्रे, धुलिखेल नगरपालिका-९ बस्ने महेश रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा रानाभाट लगायत २३ जनालाई नगद ९ लाख ५७ हजार ८ सय रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।