
प्रहरीको इन्सपेक्टर भन्दै रकम असुल गर्न खोज्ने एक नक्कली इन्सपेक्टरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ का २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदी छन्।
उनले हेटौंडा महानगरपालिका–९ बस्ने अनन्त खतिवडासँग आफू पर्सा प्रहरीको क्राइम ब्रान्चको इन्सपेक्टर भएको भन्दै धम्क्याउदै रकम असुल गर्न खोजेका थिए।
प्रहरीको नाम लिएर रकम माग गरेको जानकारी आएपछि पर्सा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ परेका चतुर्वेदी यसअघि गत चैत ३० गते हातहतियार तथा खरखजना मुद्दामा १ लाख धरौटीमा छुटेका थिए।