
उपनिर्वाचको मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न खोजिएको भन्दै स्थानीयले बागलुङ प्रदेश एकका सांसद चन्द्रबहादुर बुढाको गाडी नियन्त्रणमा लिएका छन् ।
भोलि बागलुङ क्षत्रे नम्बर २ को ख मा चुनाव हुँदैछ । बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
तर ख को चुनावमा नेकपाको समर्थक उम्मेदवार शाहीलाई जिताउनका लागि क प्रदेश सांसद चन्द्र बहादुर बुढा मतदातालाई प्रलोभनमा पार्न पुगेका हुन् । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भए पनि बुढा एक टोलि नै लिएर गाडीमा तमानखोला गाउपालिका–१ बोङ्गादोभान पुगेका थिए ।
उक्त समुहले मतदातालाई विभिन्न विकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा फेला पारेका थिए । अरुबेला विकास निर्माणका योजना नल्याउने तर चुनावका बेला विभिन्न प्रलोभन देखाउनै भन्दै स्थानीयले आक्रोष पोखेको भिडियमो सुन्न सकिन्छ ।स्थानीयले सोधपुछ गरि आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको ठहर गरेपछि गाडी नियन्त्रणमा लिएका छन् ।
उनीहरुले मतदातालाई नै बाँडन खोजेको आशंका गरिएको छ । प्राप्त भिडियोमा पैसा बाँडन खोजेको भन्ने आरोप लगाउँदा त्यसको प्रतिकार गरेको देखिदैन ।
मतदाता प्रलोभनमा पार्ने समुहमा प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए ।