७ बैशाख २०८२, आईतवार

कास्की -२ मा विद्या भट्टराईले गरिन् मतदान

1575090115JBS pokhara

कास्की २ मा भइराखेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।

शनिबार अरू मतदाताहरूसँगै लाइन बसेर भट्टराईले मतदान गरेकी हुन्। मतदानका लागि भट्टराई पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालय पुगेकी थिइन्।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने मतदान गर्न पाएनन्। उनी निर्वाचन हुने क्षेत्र कास्की २ का मतदाता होइनन्।

समाजवादी पार्टी नेपालका धर्मराज गुरूङले पोखरा १६ र साझा पार्टीकी रजनी केसीले पोखरा ४ गैरापाटनबाट मतदान गरेका छन्।

कास्की २ मा २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित नेकपा सांसदसमेत रहेका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त पदका लागि निर्वाचन भइरहेको हो।