
बलिउडमा सदाबहार चर्चामा आइरहने कलाकार हुन् परेश रावल । बलिउडमा धेरैजसो कमेडी फिल्ममा देखिने गरेका परेश रावल फिल्ममा देखिन छाडेका थिए । तर पछिल्लो समय उनी एक नयाँ फिल्ममा देखिने तरखरमा छन् । उनी फिल्म ‘हंगामा २’मा अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार उनी यस फिल्ममा बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी जोडी बन्नेछन् ।
प्रियदर्शनको निर्देशनमा बन्ने यस फिल्ममा शिल्पा शेट्टी र परेश रावलसँगै मीजान जाफेरी र साउथ अभिनेता प्रणिता सुभाष रहनेछन् । यो फिल्म ६ जनवरीबाट छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ । यस फिल्ममा शिल्पा एक ‘ग्लामरस’ करियर उन्मुख भूमिकामा देखिने बताइएको छ । एजेन्सी