
कोभिड १९ को कारण सुन्यजस्तै रहेको मनोरञ्जन क्षेत्र पछिल्लो समयम लकडाउन खुलेसंगै सुरक्षा अपनाएर गतिबिधि चलयमान भएको छ।
फिल्म हल खुले संगै छ फिल्मको धमाधम छायांकन र घोषणा भइरहेको छ । ग्त्यसैगरी विभिन्न फिल्म अवार्ड घोषणा भइरहेकाे बेला संगिक्षा फिल्मस्ले अायोजना गर्दे अाइरहेकाे नेपाली म्युजिक भिडियो अवार्डको चौथो संस्करणकाे घोषणा गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउन र आफ्नो अवार्डलाई निरन्तरता दिदै अाइरहेको यस संस्थाले तेश्रो संस्करण सफलतापुर्वक सम्पन्न गरिसकेको छ । चौथो संस्करण घोषणा गरिएको संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले बताए ।
उनले उक्त जानकारी सामाजिक सञ्जाल मार्फत नयाँ वर्षको २०२१ को अवसरमा चौथो अवार्ड हुने जानकारी सहित फारम खुलाएको समेत जनाएका छन् । ‘मनोरञ्जनको गतिविधि बढ्दै गर्दा हामीले अवार्ड मार्फत टेवा पुगोस् भन्ने उद्दश्यका साथ अवार्डलाई निरन्तरता दिदैछौ’ अध्यक्ष केसीले भने । विदेशी भूमीमै अवार्ड आयोजना तर निश्चित समय केही समयपछि औपचारिक कार्यक्रम गरेर तोकिने बताएका छन ।
अवार्डको लागी गीत दर्ता भने खुलेको छ । यस अगाडी पहिलो युएईको अबुधाबी र दोश्रो दुबईमा र तेस्रो संस्करण संगीक्षा फिल्मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेको थियो । अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्ट्रीय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने छ ।