
विश्व बजारमा ओटीटी प्लेटफर्म प्रतिको आकर्षण दिनदिनै बढेको छ । नेटफ्लिक्स्, अमेजन प्राइम्, डिज्ने जस्ता प्लेटफर्महरु नेपालमा पनि निकै रुचाइएको छ । विदेशी ओटीटी प्लेटफर्म माझमा नेपाली ‘सिनेमाघर एप’ अझै अपडेटेड भर्सनमा आएको छ ।
“सिनेमा घर गोल्ड” नाम राखिएको यो एपमा वार्षिका ५ सय रुपैयाँमा नै चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने बताइएको छ । एक पत्रकार सम्मेलन गर्दै एपको घोषणा गरिएकाे हो । यसका प्रमुख खगेन्द्र लामिछानेले नयाँ सोचमा आफूले सहयोग गरेको बताए ।
नेपाली चलचित्रमा हुने पाइरेसी कम गरी कलाकारको मिहिनेतको सम्मानका साथै दर्शकले पनि थोरै खर्चमा सदस्य बनेर लाभ लिन सक्छन ।
हाल यो एपमा ‘डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न सकिन्छ । वर्षमा डेढ दर्जन चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी र सर्ट मुभिज यो एपमा ५ सय रुपैयाँमा नै हेर्न पाइने पनि खगेन्द्रले बताएका छन ।