
सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियोको बिमोचन भएको छ । काठमाडौं बानेश्वर स्थित होटेल हङ्गर हबमा एक समारोह बीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।
चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द संगीत पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । गीतको एरेन्ज भने राजु कार्कीको रहेको छ । उक्त गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नवा नायिका याङसु श्रेष्ठले अभिनय गरेका छन ।
नेपाली सुगम संगीतामा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादनका साथै अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।