१० बैशाख २०८२, बुधबार

आज विचार गर्नुहोस नम्बर प्लेटको आधारमा ट्राफिक प्रहरी बाट कार्वाही मा परिएला

nepal traffic police

काठमाडौँको दशरथ रंगशालामा संचालन हुने १३ औँ दक्षिण एशियाली खेलकुदलाई मध्यनजर गरी खेल उद्द्घाटन र समापनका दिन काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।

खेल उद्द्घाटन हुने दिन मंसीर १५ गते बिजोर नम्बर र मंसीर २४ गते समापनका दिन जोर नम्बर भएका सवारी साधन मात्रै चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारी, अत्यावश्यक सेवा, खेलसंग आबद्ध र सञ्चारकर्मीका सवारी साधनमा भने जोर–बिजोर लागु हुने छैन । खेल अवधिभर ठुला मालवाहक सवारी साधनलाई रिङरोड भित्र प्रवेशमा रोक लगाइएको छ ।

त्यसैगरी खेल हेर्न सवारी साधन लिएर आउनेहरुको लागि टुँडिखेलमा पार्किङको व्यवस्था मिलाइएको छ र ट्राफिक सम्बन्धी कुनै पनि समस्या भएमा १०३ मा फोन गरेर जानकारी लिन सकिने ब्यवस्था मिलाईएको छ ।