१० बैशाख २०८२, बुधबार

महोत्तरीको मटिहानी-६ मा राजपाका रामबाबु नायक विजयी

Rambabau yadav rajapa

महोत्तरी मटिहानी नगरपालिका-६ मा राष्ट्रिय जनता पार्टी (राजपा)का रामबाबु नायक विजयी भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनमा ३ सय १ मत प्राप्त गरी नयाक विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका मोहम्मद जाकिर अन्सारीले २ सय ७१ मत प्राप्त गरेका हुन्। त्यस्तै नेपाली काँग्रेसले सो वडामा २४ मत ल्याएको छ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तिन वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा अझै दुई वडाध्यक्ष र एक गाउँपालिका अध्यक्षको मतगणना सम्पन्न हुन बाकी छ।