
नेपालकी चन्चला दनुवारले १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल महिला कातातर्फ रजत पदक जितेकी छिन् । सोमबारबाट सातदोबाटोस्थित कराते हलमा भएको खेलमा कराँतेमा नेपालले जितेको यो पहिलो पदक हो ।
पहिलो चरणबाट उतकृष्ट दुईमा पर्दै फाइनल पुगेकी चन्चलाले २४.६२ अंक हासिल गरिन् । चन्चलासँगै फाइनलमा पुगेकी पाकिस्तानकी शाहीदाले २५.२८ अंक पाएकी थिइन् ।