
भुटानलाई ४-० ले पराजित गर्दै नेपालले साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा शानदार जित दर्ता गरेको छ ।
खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको ५०औ मिनेटमा कप्तान सुजल फेरी दोस्रो गोल गरे ।
त्यस्तै खेलको ६६ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् गोल गर्दै नेपाललाई ३ गोलको अग्रता दिलाए । ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरे र तामाङको गोल जितका लागि निर्णयक बन्यो । भुटानले केही सफल प्रयास गरे पनि बलले नेपालको जाली भेट्न सकेन ।
यो जितसँगै नेपालले तीन अंक जोडेको छ ।
पहिलो गोल
दोस्रो गोल