
लन्डनमा सञ्चालन भइरहेको मिस वर्ल्डको ६९औं संस्करणको प्रतियोगिता अन्तर्गत मिस नेपाल अनुष्का श्रेष्ठले मल्टीमिडिया अवार्ड जितेकी छन् । अवार्ड जितेपछि उनले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उक्त प्रतियोगितामा अनुष्काले दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर आफूलाई टप ४० मा पुर्याएकी थिइन् । भोटिङका आधारमा हुने यो अवार्डका लागि अनुष्का टप ३ मा परेकी थिइन्।
लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९औं मिस वर्ल्ड प्रतियोगितामा १ सय ११ मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गर्दैछन्।
६८औ संस्करणको प्रतियोगिता अन्तर्गत पनि उक्त विधामा नेपालकै प्रतियोगी मिस नेपाल शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन्।