
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर बिहीबार राति ७ बजेर ११ मिनेटमा ४.८ म्याग्नीच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएता पनि भूकम्पकाे धक्का काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।
१५ दिन अघि पनि काेदारी केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।