
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निर्वाचित जो बिडेनले कोरोनाभाइरस विरुद्धको दोस्रो खोप सोमबार लगाएका छन । खोप लगाउन आएका बिडेनले पहिले स्पोर्ट ज्याकेट खोले, त्यसपछी टी-शर्ट को बाहुला सारेर पाखुरा बाहिरा निकाल्दै तयार भए ।
२१ डिसेम्बरमा पहिलो खोप लिदै गर्दा बिडेनलाई टेलिभिजनमा देखाइएको थियो ।
खोप लगाईसकेपछी बिडेनले पत्रकारहरुसंग, जनवरी २० मा पदभार ग्रहण गरेपछि उनको कोविड्-१९ टोलीले महत्वाकांक्षी खोप-दर लक्षित गर्न सकिने विश्वास ब्यक्त गरे ।
हालसम्म भाइरसले अमेरिकामा ३७५,००० व्यक्तिको ज्यान लिएको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार सोमबारसम्म करीव नौ लाख अमेरिकीहरूले पहिलो खोप प्राप्त गरिसकेका छन ।