
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बझाङले सदरमुकाम चैनपुरमा आज बृहत आमसभा गरेको छ ।
आमसभामा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले अहिले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताउनुभएको छ ।
भूकम्प, नाकाबन्दी, कोरानालाई झेल्दै देशको अर्थतन्त्र अगाडि बढेको र देश विकाससँगसँगै प्रत्येक सदरमुकाम जोड्ने सडक कालोपत्र गर्ने, पाँचदेखि १५ शय्याका अस्पताल बनाउने, स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम, प्राविधिक शिक्षा सामाजिक सुरक्षा भत्ता, गुमेको भूमि फिर्ता ल्याउनका लागि समेत वर्तमान सरकार लागिपरेको बताउनुभयो ।
बझाङ जिल्लाको सबैभन्दा महत्वपूर्ण ताक्लाकोट सडकखण्ड, सेती विद्युत् निर्माण, खप्तडको विकासलाई प्राथमिकतामा राखी काम अगाडि बढिरहेको उहाँको भनाइ थियो ।