
नेपाल स्वयमसेवक संघ दैलेख जिल्ला प्रचारप्रसार समिति संयोजकमा भुवानी ढकाल मनोनित भएका छन् ।
नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन दैलेखको सचिवालय बैठकबाट विहीबार ढकाललाई मनोनित गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको संस्थामा नौमुले गाउँपालिका–२ दैलेखका ढकाललाई संयोजक तथा भगवतीमाई गाउँपालिका–३का कृष्ण शर्मालाई सह–सयोज, बरिष्ठ सदस्यमा खेमराज गौतम, हिमाल खत्रीलाई मनोनित गरिएको हो ।
थप एक जनालाई छिट्टै मनोनित गरिने जनाइएको छ ।
जिल्लामा ५ सदस्यीय प्रचारप्रसार कार्य समिति रहने ब्यवस्था अनुसार उनिहरुलाई दैलेख जिल्लाको जिम्मा दिएको कर्णाली प्रदेश अध्यक्ष दिनेश खत्रीले जानकारी दिए।
नव मनोनित संयोजकका अनुसार सामाजिक समस्या प्रती आम नागरिकहरुलाई सचेत गराउने,समाजमा हुने हरेक विभेद विरुद्ध शसक्त रुपमा खबरदारी सहित उचित मार्ग दर्शन गर्ने,समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने यस संस्थाको मुख्य उदेश्य रहेको छ ।
एक बर्ष अघि समाजसेवा गर्ने उदेश्यले बिस्तार भएको यो संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको र अब जिल्लाहरुमा पनि यस्को संगठन बिस्तार गर्ने राष्ट्रिय स्वयंसेवक संघ कर्णाली प्रदेशका अध्यक्ष दिनेश खत्रीले बताए ।
