
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टी आफ्ना नेता पक्राउ गरेको विरोधमा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले बन्द आह्वान गरेको हो । बाँस्तोला बुधबार पक्राउ परेका थिए।
बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्द सहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।
राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाँउदै आफ्ना कार्यकर्ता पक्राउ गरिएको प्रति विप्लवले खेद व्यक्त गरेका छन्।
विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।
प्रेस वक्तव्य
