
शरीरभित्रबाट निस्किने अनावश्यक गन्ध ‘पाद’ले ठूलो के नै प्रभाव पार्ला भन्ने सोचिरहनुभएको छ भने तपाईं गलत हुनुहुनेछ ।
विदेशी खबरलाई मान्ने हो भने युगान्डाका एक मानिसको पादका कारण लामखुट्टे मर्छ । जो रवामीरामले आफ्नो पादका कारण ६ मिटर दुरीसम्ममा रहेका लामखुट्टेहरू मर्ने दाबी गरेका छन् ।
एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा जो रवामीरामले भनेका छन्, म आममानिसले जस्तै खाना खान्छु । सधैं नुहाउँछु । तर मेरो पाद अरूको भन्दा बिल्कुलै फरक छ । मैले पाद्दा आसपासका लामखुट्टेहरू मर्छन् ।
भारतीय सञ्चारमाध्यम खासखबरका अनुसार उनी आफ्नो क्षेत्रमै परिचित छन्, उनको पादको चर्चा जताततै हुने गरेको छ ।