
प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुर खेल मैदानमा आज भइरहेको खेलमा टस जितेर फिल्डिङ रोजेको प्रदेश-१ लाई एपिएफ टोलीले २४४ रनको लक्ष्य दिएको छ ।
४८.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर प्रदेश-१लाई उक्त लक्ष्य दिएको हो ।
प्रदेश एकको लागी फिरदोस अन्सारि, दिपेश कँडेल, हेमन्त राई र श्रवण यादवले दुई-दुई विकेट लिए ।

दिपेश कँडेल प्रदेश-१ का लागी किफायती बलर रहे भने सोनु मण्डलले २ ओभरमा ३२ रन खर्चेर एक विकेट हात पारे ।
एपिएफ टोलीमा आशिफ शेखले अर्धसतक प्रहार गरे। टोलीमा ६ खेलाडीले दोहोरो अंकको रन बटुले ।
आसिफ शेखले ५ छक्का र ६ चौका को मद्दतले ३२ बलमा ५९ रन प्रहार गरे । उनि सोनु मण्डलको बलमा फिरदोस अन्सारिबाट समतिएका हुन ।
