८ बैशाख २०८२, सोमबार

निर्माता तथा कलाकार रोहिणीको उपचारका क्रममा निधन

ro

फिल्म निर्माता, कलाकार रोहिणी भट्टराईको ४२ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । हास्यफिल्म ‘हिजो आजका कुरा’ अभिनय यात्रा थालेका कलाकार तथा निर्माता भट्टराईले ‘हिजो आजका कुरा’हुदै केही नेवारी टेलिफिल्ममा अभिनय गरेका थिए।

त्यस्तै भट्टराईले ‘अज्ञाप्य प्रेम, आवारा’ लगायतका केही फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरेका छन् । उनले आफ्नै लगानीमा तीन वर्ष अगाडि फिल्म ‘भूईंमान्छे’ को समेत निर्माण गरेर निर्माताका रुपमा आफुलाई उभ्याएका थिए । उनी अभिनित फिल्म‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा रहेको छ।

उनको उपचार भइरहेको अस्पतालका पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजर रहेका भट्टराई आउटसोर्सिङ कम्पनी ‘इनोभेटिभ एचआर सोलुसन’का सञ्चालक समेत रहेका थिए ।

कोरोनाबाट संक्रमित भट्टराई लामो समयदेखि भेन्टिलेटरमा उपचाररत थिए। कोरोना जितेपनि निमोनियाबाट ग्रसित बनेका भट्टराईको शुक्रबार मेडिसिटी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो।

उनले जनचेतना मुलक ट्राफिक नियम सम्बन्धि, नेपाल आर्मीसँग सम्बन्धि टेलिसिरियल, लघु चलचित्रमा पनि अभिनय गरेका थिए।

उनले फिल्म ‘भूईंमान्छे’ को निर्माण समेत गरेका थिए।

ताप्लेजुङमा जन्मिएका भट्टराई २०५२ सालमा अध्ययनका लागि काठमाडौं छिरेका थिए। आरआर कलेजबाट ब्याचलर गरेका उनले मास्टर भने पोलिटिकल साइन्समा त्रिभुवन विश्व विद्यालयबाट गरेका थिए।

उनले र्‍याडिसन होटल, मनास्लु, याक एन्ड यति, हायत होटलमा काम गरेपछि उनले मेडिकेयर अस्पताल, तिलगंगा आँखा अस्पताल, नर्भिक अस्पतालमा पनि लामो समय कामको अनुभव बटुलेका थिए।

उनले आफ्नो एउटा आउटसोर्सिङ कम्पनी ‘इनोभेटिभ एचआर सोलुसन’ पनि सञ्चालन गर्दै आइरहेका थिए। जसले ह्युमन रिसोर्सिङ र म्यानेजमेन्ट कन्ट्रयाक्टमा लिएर काम गर्ने गथ्र्यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइको काम उनकै कम्पनीले गर्ने गरेको छ।

विगत केहि वर्षदेखि भने उनी नेपाल मेडिसिटी अस्पतालमा पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजरको रुपमा कार्यरत थिए। आज उनले सोही अस्पतालमा अन्तिम सास फेरे।