
केटुको शिखरमा नेपाली टोली : हिउँदमा आरोहणको कीर्तिमान
नेपाली आरोहीहरुको टोलीले शनिबार पाकिस्तानस्थित केटू हिमाल चढेर नयाँ इतिहास रचेका छन्।
विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।
हिउँदको मौसममा अहिलेसम्म कसैले चढ्न नसकेको केटू हिमाल चढेर सो टोलीले हिमाल आरोहणका क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको हो।
चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन । तर यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका छन् ।
८ हजार मिटरभन्दा बढि उचाइ भएका संसारका १४ हिमालमध्ये अरु सबै १३ हिमाल हिउँदमा चढिएको भए पनि यो हिमाल भने हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन।
हिउँदको मौसममा अहिलेसम्म कसैले चढ्न नसकेको केटू हिमाल चढेर सो टोलीले हिमाल आरोहणका क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको हो।
काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, शनिबार नेपाली समय अनुसार सवा ४ बजे नेपाली आरोहीहरुको टोली चुचुरोमा पुगेको हो । सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् । केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’यो टोलीले पाकिस्तानी समयअनुसार शनिबार ४ बजेर ५८ मिनेटमा निर्मल केटू हिमाल आरोहण गरेको कम्पनीका प्रबन्धक थानेश्वर गुरागाईंले भने ।

शनिबार उनीहरु सो हिमालको चुचुरोमा पुगेलगत्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपाली आरोहीले केटू हिमालमा नयाँ इतिहास कायम गरेको भनी समाचार प्रेषित गरेका छन्।
यो हिमाल आरोहणका लागि म्याग्दीका पुर्जासहित १० नेपाली करिब महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए ।
‘नेपाली आरोहीको एउटा टोलीले शनिबार पाकिस्तानको केटू हिमाल चढेर हिउँदमा यो हिमाल आरोहण गर्ने पहिलो टोलीको रुपमा इतिहास रचेको छ,’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले लेखेको छ।
उनीहरु चुचुरोमा पुगेलगत्तै सो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेकले आफ्नो ट्विटर ह्यान्डलमार्फत् खुशी बाँडेको छ।
तीन आरोहण दलमा रहेका नेपालीहरु एकसाथ जान १० मिनेट चुचुरोमुनि प्रतिक्षामा बसेका थिए । सबै जना भेला भएपछि नेपाली राष्ट्रिय गान गाउँदै एकसाथ चुचुरोका लागि पाइला चालेको पुर्जाले इन्स्टाग्राममा लेखेका छन् ।
पुर्जाले यसलाई विशेष पल भन्दै त्यहाँ नेपालको राष्ट्रिय गीत गाएको इन्स्टामा लेखेका छन् । उनले सामूहिकता तथा सकारात्मक सोचका कारण यो सफलता हात लागेको लेखेका छन् ।
सेभेन समिटका अनुसार नेपाली टोली स्थानीय समय ५ बजे अपरान्ह माउन्ट केटूको शिखरमा पुगेको हो।
गत आइतबार तीव्रगतिको हावाले ६६ सय मिटरमा राखिएको दोस्रो शिविर उडाइदिएपछि र्कितिमानी आरोही पूर्जासहित नेपाली आरोहण दल ४६ सय मिटरमा रहेको केटू हिमालको आधार शिविरमा फर्किएका थिए ।
‘वी डिड इट (हामीले गरिछाड्यौं)’ उसले ट्विटमा भनेको छ, ‘काराकोरमको सेभेज (डरलाग्दो) माउन्टेनलाई सबैभन्दा जोखिमपूर्ण मौसम हिउँदमै आरोहण गरिएको छ।’
यो दोस्रो प्रयासमा उनीहरु आरोहण गर्न सफल भएका हुन् । यसअघि वसन्तकालीन याममा यो हिमाल आरोहण गरिसकेका पुर्जाले मंगलबार मौसममा सुधार आएमा अलि ठूलो भारीका साथ ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौथो शिविरसम्म बाटो बनाउँदै जाने योजना रहेको उल्लेख गरेका थिए । बिहीबारदेखि प्रयास गरिरहेका उनीहरु शनिबार मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दानामा जन्मेका ३७ वर्षीय पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेर विश्व र्कितिमानी कायम गरेका थिए ।
उनले अघिल्लो वैशाखमा अन्नपूर्ण गाउँपालिकमै पर्ने नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो प्रोजेक्ट पोसिबल अभियान थालेका थिए । ०७६ कात्तिकमा उनले तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्दै ७ महिनामा ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेका थिए ।

सेभेन समिटका अनुसार नेपाली आरोहीहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा जी, सोना शेर्पा, मिङमा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पाले यो कठिन मौसमका बेला सो हिमाल आरोहण गरेका हुन्।
सुरुमा आआफ्नै किसिमबाट छरिएर आरोहण गरेका १० जनाले नेपालको नाममा संयुक्त इतिहास रच्ने योजनाका साथ अन्तिम चरणमा एउटै समूह बनाएर शिखर आरोहण गरेको बताइएको छ।
उनी यसअघि बेलायती सरकारको स्पेसल फोर्समा कार्यरत थिए । मासिक १४ लाख हाराहारी पारिश्रमिक भएको सैनिक जागिर छाडेर उनी गत वर्षदेखि आरोहणमा लागेका छन् ।
नेपालको सगरमाथाको उँचाई ८८४८.८६ मिटर छ भने पाकिस्तानस्थित केटुको उँचाई ८६११ मिटर छ।
