
हरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका १५ लाई पक्राउ गरेको छ ।
विप्लवनिकट अखिल क्रान्तिकारीले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न खोज्दा आइतबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गबाट सरकार विरोधी कार्यक्रम गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले पक्राउ पर्नेको संख्या बढ्न सक्ने बताए ।
पक्राउ गरेका सबैलाई नेपाल पुलिस क्लबमा राखिएको छ । क्रान्तिकारीले कालापानी, लिपुलेकलगायत क्षेत्रमा भारतले सीमा मिचेको विरोधमा प्रदर्शन गर्ने योजना बनाएको थियो ।