
भारतको गुजराजतमा एक भयानक दुर्घटना भएको छ । फुटपाथमा सुतेका मजुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय प्रहरीका अनुसार मृतकहरु मजदुर हुन् भने फुटपाथमा सुतिरहेका बेला ट्रक एकाएक उनीहरुमाथि दौडिन पुगेको थियो ।
गम्भीर घाइते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।
गएराति भएको सो दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएको बताइएको छ । प्रहरीले चालक सहचालकलाई गिरफ्तार गरेको छ ।
उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जनाइएको छ ।



