
अनामनगरमा क्रान्तिकारी माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ता र प्रहरीबीच काठमाडौको अनामनगरमा झडप भएको छ । मोहन वैद्य नेतृत्वका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ। सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।
गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।