
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् ।
टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको प्रधानमन्त्री ओलीको भनाई छ । नरेन्द्र मोदीलाई नेपाल भ्रमणको पुनः निम्तो दिएका छन्। बुधबारदेखि अंग्रेजी पात्रो अनुसारको नयाँ वर्ष सुरु भएको छ । यस्तै बुधबारदेखि नै नेपाल भ्रमण वर्ष पनि सुरु हुँदैछ ।
सो सन्दर्भमा ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । यस्तै सीमाको विषयलाई लिएर विवाद भइरहेका बेला नेपालले भारतसँग वार्ताका लागि मध्य जनवरीको मिति प्रस्ताव गरेको बताइएको छ । ओली र मोदीबिचको टेलिफोन वार्ता शुभकामना आदानप्रदानको औपचारिकताका लागि मात्रै भए पनि विवादको परिवेशषमा भएको सो टेलिफोन वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विस्वास व्यक्त गर्यौं। मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुन: आग्रह गरेँ।
— KP Sharma Oli (@PM_Nepal) January 1, 2020