
हिमाली जिल्ला हुम्लाको दुर्गम स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा बेबी रेडियन्ट वार्मर मेसिन जडान गरिएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीमा सो मेसिन जडान गरिएको छ ।
स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा चिसो अत्यधिक हुने हुम्लामा जन्मने नवजात शिशुको तापक्रम व्यवस्थापन गर्न मङ्लबार सो मेसिन जडान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालपछि पहिलो पटक चारवटा बर्थिङ सेन्टरमा यो मेसिन जडान शुरु गरिएको हो । तीन वडाका स्वास्थ्यचौकीमा जडान काय भएको छ भने वडा ८ मा बाँकी छ । मेसिन जडानसँगै अब नवजात शिशुको तापक्रम व्यव्यवस्थापन गर्न सहज हुने भएको गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो । यसभन्दा अघि सिमकोट वडा दुई ठेहे, वडा तीन बरगाउँ, स्वास्थ्यचौकीका बर्थिङ् सेन्टरमा यो मेसिन जडान गरिएको संयोजक बोहराले जानकारी दिनुभयो ।