
सुदूर पश्चिम बाजुरा जिल्लाको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज कोल्टीबाट धुलाचौरतर्फ गइरहेको जीप कर्णाली नदीमा खसेको हो । ।
से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले बताए ।
जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको, घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता १ यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा चारजना घाइते भएका छन् । उनीहरुलाई गम्भीर अवस्थामा उपचारका लागि लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले जनाए अनुसार सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा जीप देखिएको छ । जीप निकाल्न निकै कठिन छ ।
दुर्घटनास्थलमा उद्धार भइरहेको छ । घटनास्थल जटिल भौगोलिक अवस्थाको भएकाले उद्धारमा कठिनाई भएको छ ।
घटनामा मृतकहरुबारे वृस्तृत विवरण आउन बाँकी छ ।