
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पनि १२ ग्राम सुनसहित दुईजना भारतीय नागरिक समातिएका छन्।
काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित यात्रु समातिएको शनिबार लगातार चौथो दिन हो।
फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार,विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले एक–एक वटा सुनको टुक्रा मलद्वार र अर्को एक–एक टुक्रा सुन पाइन्टको इजारमा च्यापेर लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। समातिनेमा भारतीय नागरिक मुत्तलिब मोहम्मद र परबेज मुस्सरफ छन्।
यसअघि बुधबार आधा किलो, बिहीबार १ किलो र शुक्रबार दुई किलो सुनसहित त्रिभुवन विमानस्थलमा यात्रु समातिएका थिए।