
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन प्रस्ताथन गरेका छन् । मित्रराष्ट्र चिनको निमन्त्रणमा ६ दिने भ्रमणको लागि थापा त्यसतर्फ लागेको जनाइएको छ ।
थापा छ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्।
चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।
सरकारले यसअधि प्रहरि महानिरीक्षक सर्वेन्द्र खनालको भ्रमण अस्वीकृत गरेको थियो ।नेपालमा बढिरहेको चिनियाँ अपधारको विषयमा गृहमन्त्रीको भ्रमणले महत्व राख्ने जनाइएको छ ।
भ्रमणको क्रममा चीनका थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
चिनियाँ सुरक्षा अधिकारीसँग भेटघाट रहने कार्यक्रम भए पनि भ्रमणमा कुनै पनि सम्झौता नहुने गृह स्रोतले बतायो।