
मंगलबार राति सुनसरी दुहबी स्थित चौधरी ग्रुपबाट सन्चालित पशुपति विस्कुट फ्याक्ट्रीमा अचानक भीषण आगलागी भएको छ।
प्रहरीका अनुसार कारीब ८ बजे देखी लागेको आगो नियन्त्रणबाहिर रहेको र त्यस्लाई नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकल प्रयासरता रहेका छन ।
आगलागीको कारण भने खुल्न सकेको छैन र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
स्थानीयका अनुसार आगो निकै ठुलो भएको कारण दमकलले दुई सय मिटर परबाटनै पानी फालिरहेका छन्।
ठूलो संख्यामा स्थानीय जम्मा भएपनी प्रहरी ले मानव जोखिमा लाई ख्याल गर्दै उनीहरूलाई सतर्कतका साथ रोकेका छन्।