
ईरानको राजधानी तेहरानमा एक सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको छ । बोइङ ७३७ इरानको राजधानी तेहरान एयरपोर्ट नजिकै जमिन छोड्दा साथ दुर्घटनाग्रस्त भएको हो ।
हवाई जहाजको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ । तर यो दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचको तनावलाई पनि जोडिएको छ ।
हवाई जहाज उडान भर्दै गर्दा या अवतरणको क्रममा दुर्घटना भएको हो यसबारे केही जानकारी प्राप्त भएको छैन ।