कलंकीमा मंगलवार राती पिकनिकबाट फर्किएको एक स्कुल बस दुर्घटनामा परेको छ । बसले नियन्त्रण गुमाएर एउटा अस्थायी टहरोमा गएर ठोकिन पुगेको थियो। स्थानियका अनुसार चालकले मदिरा सेवन गरेका थिए । उक्त दुर्घटनामा केही शिक्षक र विधार्थी घाइते हुन पुगेका थिए ।