
सरकारले पासपोर्ट जस्तै देखिने पासपोर्ट कभरको बेचविखनमा रोक लगाएको छ । झट्ट हेर्दा पासपोर्टजस्तै देखिने खोल (कभर)का कारण मानिसहरू झुक्किने र यसै कारण ठगी हुने क्रम बढेपछि सरकारले यस्तो खोल बेच्न प्रतिबन्ध लगाएको हो ।
केही समययता पासपोर्ट सुरक्षा हुनेभन्दै यस्तो खोलका किनबेच बढेको थियो ।