९ बैशाख २०८२, मंगलवार

मुक्तिनाथ विकास बैंकद्धारा सुत्केरी चमेलीलाई सहयोग

IMG 3557 plZ26rnsol

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५ भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुसको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो ।

उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

    सम्बन्धित समाचार...