
महाकाली नगरपालिकाको भारतीय सीमा क्षेत्रबाट अवैध समानसहित जिप बरामद भएको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले ४० लाख रुपैयाँ बराबारको अवैध कपडासहित जिप बरामद गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीको नेतृत्वको टोलीले सोमबार राति वडा नम्बर १ स्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रबाट युके १८ सिए ४८९२ भारतीय नम्बर प्लेटको जिपमा रहेको अवैध कपडा बरामद गरेको छ।
समान तस्करी गर्ने व्यक्तिहरु भने फरार रहेको प्रहरीले बताएको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको कपडासहित जिप बरामद गरेको प्रहरी निरीक्षक भण्डारीले बताए। बरामद कपडा र जिप भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ।