
ललितपुरका आशा विश्वासी मण्डली चर्चका पाष्टरलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने भन्दै बलात्कार गरेको आरोपमा ध्रुवबाबु भनिने विश्वास जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
जोशीले पीडित महिलालाई चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।
चर्चमा नियमित आइरहने एक महिलाले आफुलाई जबरजस्ती गरेको भन्दै उजुरीले दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।
उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जोहरीमा भनिएको छ ।
तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ ।